बजाजद्वारा नयाँवर्षको ‘सुन्दर रमणीय नेपाल’ योजना घोषणा

काठमाडौं । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना– ‘सुन्दर रमणीय नेपाल’सार्वजनिक गरेको छ । ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु गरेको हो ।
नेपाल भौगोलिक विविधता तथा संस्कृति र परम्पराहरुको धनी मुलुक हो । यो सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको छ । शक्तिशाली बडी भएकोले बजाज मोटरसाइकल कुनै पनि भौगोलिक बिबिधताका स्थानहरुमा भ्रमणका लागि सबै भन्दा उपयुक्त मोटरसाइकल बनेको छ । त्यसैले गर्दा विभिन्न रोमान्चक स्थानहरुको यात्रा गर्न र परम्पराहरुका साथै ऐतिहासिक महत्वको जानकारी लिनका लागि सबैलाई अभिप्रेरित गर्नेछ ।
यो अभियानका विशेषताहरुमा ७४०० स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७४०० नगद छुट पाउनेछन् । त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि रु.७४००० भ्रमण खर्च स्वरुप जित्न सक्ने उसले जनाएको छ ।
चैत २ गते ।