विरोध प्रदर्शनमा रुसका विपक्षी नेतासहित नौ सय पक्राउ

maitrinews

रुस । अमेरिकि विदेश मन्त्रालयले भ्रष्ट्राचार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएका विपक्षी नेता एलिक्से नभालनी सहितका प्रदर्शनकारीहरुको रिहाइको माग गरेको छ।
मस्को र देशका अन्य शहरहरुमा भएका विरोध र्यालीबाट नभालनी सहित ९ सय जना आइतबार पक्राउ परेका थिए।
ती मध्ये अधिकांश प्रदर्शन सरकारको स्वीकृति नलिई गैरकानुनी रुपमा आयोजना गरिएका थिए।
प्रदर्शनकारीले पदको दुरुपयोग गरि अकुत सम्पति कमाएको आरोप लगाउँदै रुसी प्रधानमन्त्री डिमित्री मेडभेडेभको राजीनामा मागेका थिए।

चैत १४ गते ।