रेनोेल्ट वाउ अफरका साथमा एक्सचेन्ज कार्निभल आयोजना हुँदै

काठमाडौं । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा. लि.(विशाल समूहको सहायक) ले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा शुभारम्भ गरेको छ । यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर अब न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ नारासँग जोडिएर आयोजना गरिएको हो ।
रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिनेछ । यसको लागि प्रति वर्ष ८.९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ । त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले प्राप्त गर्नुहुनेछ । यसमा रेनोल्ट डस्टरका लागि रु.२८,२००÷– तथा रेनोल्ट क्विडका लागि रु.१३,३५७÷– मासिक किस्ता तोकिएको छ ।
एक्सचेन्ज कार्निभल काठमाडौंमा यहि चैत्र ११ गते देखि चैत्र १६ गतेसम्म आयोजना हुँदैछ, त्यसैगरि भैरहवा÷बिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल÷बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म, र नारायणघाट÷पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुँदैछ । एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिंग तथा एक्सचेन्जको सुविधा पनि उपलब्ध गरार्ईएको छ ।
यो नयाँ वर्ष रेनोल्ट वाउ ईयरको रुपमा मनाउनुहोस् । अब पुराना गाडीहरु एक्सचेन्ज गर्नुहोस् र न्यूनतम मासिक किस्तामा क्विड वा डस्टर चाड्नुहोस ।
रेनोल्टको बारेमा
रेनोल्ट समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । आज यो
अन्तर्राष्ट्रिय बहुदेशिय ब्राण्ड भएको छ, सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेकोछ, यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन, र १,२०,००० भन्दा बढि मानिसहरुलाई रोजगारी प्रदान गरिरहेको छ । भविश्यका प्रमुख प्राविधिक चुनौतीहरु पुरा गर्न र निरन्तर लाभदायक विकासको रणनीति, समूहले यसको अन्तर्राष्ट्रिय विकास र यसका तीन पुरक ब्राण्डहरु, रेनोल्ट, डासिया र रेनोल्ट सामसंग मोटर्स, इलेक्ट्रिक गाडिहरु, निसानसँगको गठबन्धन, तथा ड्यामलर र एभटोभाजसँगको यसको भागीदारीमा अगाडि बढाईरहेको छ ।
विशाल समूहकोबारेमा
विशाल समूह नेपालमा सबैभन्दा ठूलो व्यवसायिक समूहमध्ये एक हो, यसले विभन्न व्यवसायीक गतिबिधिहरु जस्तै बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस्, र बितरणको क्षेत्रमा संलग्न छ । यस समूहले नेपालमा व्यवसायीक गतिबिधिहरुका ५० वर्षभन्दा बढिको इतिहास कायम गरेको छ । यस समूहले विभिन्न सम्मान तथा नेपालमा कार्य गरेबापत विभिन्न सरकारी विभागहरुबाट प्रशंसापत्र प्राप्त गरेकोछ । यस समूह नेपालमा विभिन्न बहुदेशीय ब्राण्डहरुको आयातकर्ता तथा बितरक हो ।

चैत १५ गते ।