नेवि संघका नेता रविन्द्र शाहको हत्या

 

भेरीमालिका । जाजरकोटका कांग्रेस युवा नेता रवीन्द्र शाहको हत्या भएको छ । शाहको हत्या बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शाहको जाजरकोट जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच छ जनाको समूहले घेरा हालेर गएराति ढुंगा प्रहार गरी हत्या गरेको थियो । सो समूहले आक्रमणपछि भिरबाट दुई सय मिटर तल खसाइदिएको थियो । शाह नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।
प्रहरीले चार पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी आफूहरुले पाएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
चैत १६ गते ।