अबैध रुपमा अमेरिकी जाने नेपाली बढे, तस्करलाईमात्र करिब १७ अर्ब बुझाएको खुलासा

काठमाडौं । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालिएको छ । नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि अन अराइभल भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन्।
११ वर्ष अवधिमा अमेरिका छिर्ने प्रलोभनमा नेपालीले तस्करलाई १६ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बुझाएका छन्।
मलाई काठमाडौंबाट दोहा ९कतार०, लन्डन , निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्, अमेरिका प्रवेश गर्नैका लागि तस्करलाई ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा ९नाम परिवर्तन० ले अमेरिकाबाट भाइबरमा भने, यहाँ ९अमेरिका० आइपुग्दासम्मको दुःख सम्भ्किँदा त किन आइएछ जस्तो लाग्छ।

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सिको सीमाबाट अमेरिका छिरेका हुन्। अघिल्लो साता अमेरिका पुगेका शर्माले तस्करले अमेरिका छिराइदिएबापत एक नेपालीसँग ५० देखि ६५ लाख रुपैयाँसम्म उठाउने गरेकोु जानकारी दिए। यसरी जाने नेपाली ल्याटिन अमेरिकी राष्ट्रमा थुप्रै रहेको उनको भनाइ छ। जति छिटो पैसा तस्करलाई बुझायो त्यत्ति नै छिटो उनीहरूले अमेरिकातर्फ अघि बढाउँदा रहेछन्। ल्याटिन अमेरिका पुगेपछि तस्करलाई पैसा तिर्न नसकेर बिचल्लीमा परेका नेपाली थुप्रै छन्, शर्माले भने। निकारागुवादेखि मेक्सिकोसम्म डेढ सय जति नेपाली रहेको उनको अनुमान छ।
यसअघि तस्करले नेपालीलाई काठमाडौंबाट कतार, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै १३ मुलुक पार गराएर अमेरिका प्रवेश गराउँदै आएका थिए। तस्करले यात्रामा काठमाडौंदेखि बोलिभियाससम्म हवाईमार्ग र बोलिभियाबाट अमेरिकासम्म सडक, जल र पैदलमार्ग प्रयोग गर्थे। बोलिभियाले नेपालीलाई अन अराइभल भिसा दिने हुँदा तस्करले उक्त रुट प्रयोग गर्थे।

निकारागुवाले नेपालीलाई अन अराइभल भिसा दिन थालेपछि तस्करले नेपालीलाई सीधै निकारागुवा झार्ने गरेका छन्। नेपालीलाई काठमाडौंबाट दोहा ९कतार० वा अबुधावी ९युनाइटेड अरब इमिरेट्स० विमानस्थलबाट लन्डन ९बेलायत० वा पेरिस ९फ्रान्स० हुँदै निकारागुवा पुर्‍याइने गरिएको शर्माले बताए। केही भने कतारबाट मड्रिड ९स्पेन० हुँदै निकारागुवा आएको उनले जानकारी दिए।

तस्करले नेपालीलाई अवैध तरिकाले अमेरिका लैजान प्रयोग गरेको नयाँ बाटो यस्तो छ – काठमाडौं–कतार वा युएई–बेलायत वा फ्रान्स वा स्पेन–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको–अमेरिका। अमेरिका जाँदा ल्याटिन अमेरिकी राष्ट्रमा गर्नुपर्ने सडक, जल र पैदलमार्गको यात्रा जोखिमपूर्ण हुने अनुभव यो मार्गबाट अमेरिका पुग्नेसँग छ। तस्करहरूले कतैकतै तेलको ट्यांकरमा सीमित अक्सिजन राखेर नेपालीलाई ट्यांकरभित्र राखी यात्रा गराउने गरेको उनीहरू बताउँछन्।

निकारागुवा विमानस्थलमा १० अमेरिकी डलर बुझाएपछि एक महिनाको भिसा दिन्छ। विमानस्थलबाट बाहिर निस्केपछि साथमा रहेका पासपोर्टसहित सबै कागजात च्यातेर फ्याँक्नुपर्छ। त्यसपछि बल्ल अमेरिका जाने जोखिमपूर्ण यात्रा सुरु हुने रहेछु, शर्माले भने। एक महिनाको भिसा सकिँदा पनि निकारागुवा सीमा पार गर्न सकिएन भने दुईदुई डलर तिरेर आवश्यकताअनुसार भिसा समय थप्न सकिने उनले बताए।

तस्करले केही महिनाअघि नेपालबाट थाइल्यान्ड, सिंगापुर, मलेसिया, कम्बोडिया, कतार, ब्राजिल हुँदै विभिन्न ल्याटिन अमेरिकी राष्ट्रबाट अमेरिका लैजाने पनि गरेका थिए। तर, पछिल्ला दिनमा निकारागुवाले अन अराइभल भिसा दिन थालेपछि भने नेपालीलाई तस्करले सीधै निकारागुवा पुर्‍याउने गरेका हुन्। केहीलाई भने भारत हुँदै पनि निकारागुवा पुर्‍याइएको छ। तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर नेपालीलाई निकारागुवा हुँदै अमेरिका पुर्‍याउने गरेका छन्।

तस्करको प्रलोभनमा परी ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने नेपालीको संख्या बढेको छ। अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०१६ मा कुनै पनि परिचय खुल्ने कागजात नबोकी मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने नेपालीको संख्या पाँच सय ३१ छ। प्रतिव्यक्ति ५५ लाख रुपैयाँले हिसाब गर्दा सन् २०१६ मा मात्र नेपालीले अमेरिका छिर्नका लागि दुई अर्ब ९२ करोड रुपैयाँ तस्करलाई बुझाएका छन्।

अवैध रूपमा मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने दक्षिण एसियाली राष्ट्रमा भारतपछि नेपालीको संख्या धेरै छ। सन् २०१६ मा दुई हजार सात सय ८८ भारतीय, पाँच सय १८ बंगलादेशी र दुई सय २३ जना पाकिस्तानी बिनाकागजात मेक्सिकोबाट अमेरिका प्रवेश गरेका थिए। सन् २००६ देखि २०१६ सम्म अवैध तरिकाले मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने नेपालीको संख्या तीन हजार ४६ छ। प्रतिव्यक्ति ५५ लाख रुपैयाँको दरले गत ११ वर्षको अवधिमा अमेरिका छिर्ने प्रलोभनमा नेपालीले १६ अर्ब ७५ करोड ३० लाख रुपैयाँ तस्करलाई बुझाएको देखिन्छ। युएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनको प्रतिवेदनअनुसार सन् २००९ मा एक सय ४८, २०१० मा दुई सय ३०, २०११ मा एक सय ८०, २०१२ मा दुई सय ४८, २०१३ मा चार सय ४८ र २०१५ मा पाँच सय १२ नेपाली अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका थिए।
अवैध तरिकाले अमेरिका प्रवेश गर्ने अधिकांश नेपालीले शरणार्थीको हैसियत माग्ने गर्छन्। मेक्सिको–अमेरिकी सीमामा पक्राउ पर्नेबित्तिकै नेपालीले आफूहरू शरणार्थी भएको दाबी गर्छन्। त्यसपछि शरणार्थीको हैसियत पाउन यस्ता नेपालीले अदालतको ढोका ढकढकाउने गर्छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार सन् २०१५ मा अदालती मुद्दामामिलापछि शरणार्थीको हैसियत पाउने नेपालीको संख्या दुई सय ५३ थियो।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको सन् २०१६ को वार्षिक प्रतिवेदनअनुसार सन् २००६ देखि २०१५ सम्म अदालती मुद्दामामिलापछि अमेरिकामा शरणार्थीको हैसियत पाउने नेपालीको संख्या दुई हजार चार सय ५५ छ। सन् २००६ मा एक सय ६५, २००७ मा एक सय ३१, २००८ मा एक सय ५२, २००९ मा एक सय ७२, २०१० मा दुई सय १७, २०११ मा तीन सय १०, २०१२ मा तीन सय ७७, २०१३ मा तीन सय ८० र २०१४ मा दुई सय ९८ नेपालीले यही प्रक्रियाबाट अमेरिकामा शरणार्थीको हैसियत पाएका थिए।

चैत १८ गते ।