सर्वोच्चव्दारा कारण देखाऊ आदेश जारी, देउवालाई एक लाख जरिवाना र एक वर्ष कैद हुनसक्ने


काठमाडौँ । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै १० दिनभित्र लिखित जवाफ उपस्थित हुन आदेश दिएको छ ।
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कांग्रेस केन्द्रीय समितिले निर्णय र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरि मैनालीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो ।
कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भनेको छ ।
अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म नरिवाना वा दुबै सजाय हुनसक्छ ।
चैत २४ गते ।