चालकरहित रेल चलाउने तयारी


बेङजिङ। बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ शहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए ।
बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा यस्तो प्रकारको रेल चलाउनेगरी काम भइरहेको उनले बताए । मध्यम गतिको र आधुनिक रेल सञ्चालनका लागि सन् २०१७ भित्रमा सवै तयारी पुरा भइ सञ्चालनमा आई सक्ने अनुमान गरिएको छ ।

चैत २८ गते ।