कपिलवस्तुमा भीषण आगलागी, ५७ घर नष्ट
कपिलवस्तु । कपिलवस्तुकोे शिवराज नगरपालिका ११ सितलापुरमा भीषण आगलागी भएको छ ।
मन्नु पासिको घरबाट सुरु भएको आगोले अहिलेसम्म ५७ घर नष्ट भएको त्यहाँबाट सनिउल्ला धोबीले जानकारी दिएकाछन् । बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो ।
आगलागी भएको स्थानमा कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ । आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
चैत ३० गते ।