उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने सोचबाट अमेरिका पछि हट्यो, थप आर्थिक र कूटनीतिक प्रतिबन्ध लगाइने

अमेरिका । उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने सोचबाट अमेरिका पछि हटेको छ । अमेरिकामा ट्रम्प प्रशासनले सिनेटका सबै एक सय सदस्यहरुलाई उत्तर कोरियाबाट उत्पन्न खतराबारे जानकारी गराउँदै प्योङ्गयाङ्गविरुद्ध उसले कूटनीतिक तथा आर्थिक प्रतिबन्धका माध्यमबाट दबाब दिने रणनीति बनाएको बताएको छ।
उक्त रणनीतिको उद्देश्य उत्तर कोरियालाई ब्यालिष्टिक क्षेप्यास्त्र तथा परमाणु कार्यक्रम छाड्न लगाउनु रहेको छ।
चीनलाई उत्तर कोरियामाथि चर्को दबाब दिन लगाउनु सो रणनीतिको एक मुख्य पाटो हो।
सिनेटर टेड क्रुजले चीनलाई समस्या समाधानमा सामेल गर्न सकिनेमा आफु सतर्कतापूर्वक आशावादी रहेको बताए।
उनले भने, ूउत्तर कोरियालाई तरह लगाउने विषयमा चीनले मद्दत गरिरहेको प्रारम्भिक संकेत देखिएका बारे म सतर्कतापूर्वक आशावादी छु। मारा लागोमा भएको राष्ट्रपति ट्रम्प तथा राष्ट्रपति सी बिचको भेट केही फलदायी भएको देखिन्छ। हेरौं समयले बताउँछ कि चीन यसमा कत्तिको भरपर्दो साझेदार ठहरिन्छ।ू

वाशिंगटनमा असामान्य तवरबाट अमेरिकी सिनेटका सबै एक सयजना सदस्यलाई बोलाई ह्वाइट हाउसमा उत्तर कोरियाबाट उत्पन्न खतराबारे छलफल गरिएको हो।
बैशाख १४ गते ।