विश्वकप २०२६: दुई पटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड इरानसँग रोकियो
काठमाडौं, २ असार । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा न्यूजिल्यान्ड र इरानले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा न्यूजिल्यान्डले दुई पटकसम्म अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलमा स्पष्ट जिततर्फ अग्रसर देखिएको न्यूजिल्यान्ड अन्ततः इरानसँग अंक बाँड्न बाध्य भयो ।
निक्कै उत्साहजनक मानिएको उक्त खेलमा न्यूजिल्यान्डले सुरुवाती अग्रता लिँदै इरानमाथि दबाब सिर्जना गरेको थियो । तर, इरानले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो ।
यस बराबरीसँगै विश्वकपको आफ्नो पहिलो खेलमा दुवै टोलीले १–१ अंक जोडेका छन् ।