दक्षिण कोरियाको राष्ट्रपतिमा मुन विजयी
सोल । अधिकारवादी वकिल मून जाए इन दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित हुनुभएको छ ।
उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै धेरै मतले विजयी बन्नुभएको हो ।
सोलमा आफ्ना समर्थक माझ बोल्दै उहाँले देशमा न्याय र सुशासन कायम गर्ने बताउनुभयो ।
त्यसअघि मतदाताले राष्ट्रपतीय निर्वाचनमा उदारवादी उम्मेदवार मून जाए इनलाई छानेको चुनावपछिको मत सर्वेक्षणले देखाएका थिए।
मूनले ४१ दशमलव ४ प्रतिशत र उनका नजिकका प्रतिन्द्वन्द्वी होङ जून प्योले २३ दशमलव ३ प्रतिशत मत पाउनुभएको छ ।
बैशाख २७ गते ।