सिभिल बैंकमा नयाँ नेतृत्व

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षपदको कार्यभार अम्बीर बोगटीले सम्हाने भएका छन । नेपाल राष्ट्र बैंकमागभर्नर डा. चिरन्जीवि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरे । उनीबैंकको स्थापनाकालदेखि नै बैंकका संचालक थिए । यसैगरी रिक्त संचालकपदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हाल्ने बैंकले जनाएको छ ।
बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफलप्रदानगर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवातथा सुविधाहरु प्रदानगर्ने कुरा बैंकका नवनियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । बैंकले यही आउँदो ४ जेष्ठका दिन छैठौं बार्षिक साधारण सभाको आयोजना गर्ने जनाएको छ ।
जेठ २ गते ।