सेञ्चुरी बैंकले सेती फाइनान्स प्राप्ति गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्दि«य कार्यालय रहेको सेती फ्mाइनान्सलाई प्राप्ती गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सेती फ्mाइनान्सको पूँजी १५ करोड २६ लाख पूँजी रहेको छ । त्यसैगरी संस्थाले चैत मसान्त सम्ममा १ करोड ५४ लाख संचालन नाफा आर्जन गरेको छ ।
सेञ्चुरीले इन्नोभेटिभ डभलेपमेन्ट बैंक तथा अरनिको डेभलेपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ भने सगरमाथा फ्mाइनान्स ,अल्पाइन डेभलेपमेन्ट बैंक र सेती फ्mाइनान्सलाई प्राप्ती पछि करिब १ अर्ब २० करोड पूँजी थप हुने पनि बिज्ञप्ति मार्फत जनाएको छ । बैंकले इन्नोभेटिभ डेभलेपमेन्ट बैंक र अरनिको डेभलेपमेन्ट बैंकको संयुक्त कारोबार पछि ४० प्रतिसत हकप्रद अर्थात १ अर्व ८८ करोड निष्काशन गर्ने सम्झ्mौता गरेको छ ।