हुन्डाई एक्सचेन्ज क्याम्प शुरु
काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई एक्सचेन्ज क्याम्प संचालन गर्ने भएको छ । कम्पनीले नक्सालस्थित नेपाल टेलिकम नजिकै तीन दिने क्याम्प संचालन गर्ने छ । कम्पनीका अनुसार सवारी साधनको उत्कृष्ट मूल्यांकन गरेर नयाँ हुन्डाई गाडी किन्न सकिने छ । एक्सचेन्ज कार्यक्रममा नगद छुट,गाडीको मूल्यांकन,एक्सचेन्ज बोनश र स्पट फाइनान्स तथा इन्स्योरेन्स सेवा दिने कम्पनीले जनाएको छ । क्याम्पमा गाडीको निशुल्क चेकजाँच,टेस्ट ड्राइभ र पुरस्कार पाइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार टेस्ट ड्राइभ गरेका मध्ये तीन जनाले कुलप्याड १ स्मार्टफोन पाउनेछन् ।