इरानको संसदभित्र तीनजना बन्दुकधारीव्दारा अन्धाधुन्ध आक्रमण,७ को मृत्यु, ३५ जना घाइते

तेहरान । इरानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा सशस्त्र मानिसले गोली चलाएपछि कैयौं हताहत भएका छन्। स्थानीय मिडियाका अनुसारको संसदभित्र गोलीबारी भएको छ । सात जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जानकारी आएको छ ।  तीन बन्दुकधारीले संसदभित्रका मानिसलाई बन्धक बनाएका छन् । केही सांसदका अनुसार उक्त गोलीबारीमा घाइते एक सुरक्षाकर्मीको मृत्यु भएको छ । तस्मिन न्यूजका अनुसार अहिले पनि इरानको संसदभित्र गोलीबारी जारी छ । सुरक्षा बलको तर्फबाट एक हमलाकर्तालाई पक्राउ गरेको खबर पनि छ तर अहिलेसम्म यसको पुष्टि भने भएको छैन ।