छोरीलाई हिरोनी नबनाउने पक्षमा श्रीदेवी

maitrinews

 

मुम्वई । बलिउड अभिनेत्री श्रीदेवीको छोरी जानवी फिल्म आउने कुराले निकै चर्चा पाइरहेको छ। तर, यसै विषयमा श्रीदेवीले जानवीले फिल्म खेल्नेबारेमा ठूलो खुलासा गरेकी छन्।
एक अन्तर्वार्तामा श्रीदेवीले जानवी फिल्ममा आउन चाहे पनि आफूले भने उनले विवाह गरेरे घर बसाएको हेर्न चाहेको बताएकी छन्। उनले भनेकी छन्, ‘जानवी फिल्म खेल्न चाहन्छिन् तर म चाहन्छु कि उसले विवाह गरोस् र घर बसाओस्। जानवी करन जोहरको ‘स्टुडेन्ट अफ दि इयर २’ मा काम गर्न चाहन्छिन् तर म यसको समर्थनमा छैन।’

श्रीदेवीले थप भनेकी छन्, ‘म फिल्म उद्योग नराम्रो हो भन्ने सोच्दिनँ किनकि म पनि यसको हिस्सा हुँ। तर, एक अभिभावकको नाताले हेर्दा जानवीले विहे गर्दा म बढी खुसी हुन्छ। तर, मेरा लागि जानवीको खुसी पनि उत्तिकै महत्वपूर्ण छ र यदि उनी अभिनय गर्न चाहन्छिन् भने मलाई यो कुरामा पनि गर्व छ।’