गीतकार बराल पुरस्कृत

काठमाडौं । ख्याति प्राप्त साहित्यकार तथा गीतकार कृष्णहरि बराल पुरस्कृत हुनुभएको छ । रोटरी क्लव काठमाडौं वेष्टद्वारा आयोजित रोटरी डेको कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । बराललाई हिक्मतबहादुर माली म्युजिक अवार्डद्वारा सम्मान गर्दै नगद रु. २५,००० प्रदान गरिएको थियो । यो पुरस्कार दिवंगत व्यापारी तथा समाजसेवी हिक्मत मालीको सम्झनामा उहाँकी धर्मपत्नी तथा रोटरियन उर्मिला मालीले प्रदान गर्नुभयो ।
कालिमाटीस्थित माली आयल स्टोर्सका अध्यक्ष रहनुभएका स्वर्गीय मालीले गाउनुभएका हिट गीत कुन देशकी परी हौ तिमी, कुन देशकी चरी लगायत अन्य गीतहरुको रचना वरालले गर्नुभएको हो ।
माली नेपाल रसिया चेम्वर अफ कमर्स, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन तथा नेपाल अटोमोवाइल्स डिलर्स एसोसियसनका अध्यक्ष पनि हुनुहुन्थ्यो । साथै,उहाँ उद्योगी, व्यापारी, समाजसेवी तथा गायक पनि हुनुहुन्थ्यो ।