काश्मीरमा तीर्थयात्रीको बसमा आक्रमण, सात जनाको मृत्यु १९ जना घाइते
काश्मीर । भारत प्रशासित कश्मीरमा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सात जना हिन्दु तीर्थयात्रीहरु मारिएका छन्। ज्यान गुमाउनेमध्ये ६ जना महिला रहेका छन्। कश्मीर भारतको एक मात्र मुसलमान बहुल राज्य हो।
त्यहाँको अनंतनाग जिल्लामा विद्रोही आक्रमणकारीहरुले सुरक्षाकर्मीहरु चढेको गाडीहरुमाथि हमला गरेका थिए।
उक्त स्थान वर्षेनी लाखौँ हिन्दु तीर्थयात्रीहरुले मेला भर्न जाने गरेको अमरनाथ गुफा भन्दा ८० किलोमिटर वरै पर्छ।
आक्रमण
र्थयात्रीलाई आक्रमण गर्ने उद्देश्यले हमला गरिएको होइन जस्तो देखिन्छ। तर दुई तर्फी गोली हानाहानको बीचमा तीर्थालु चढेको बस पनि फसेको थियो।ू
प्रहरीले उक्त बसले तीर्थयात्री बोक्ने अनुमति नलिएको र नियम विपरित रातिको समयमा चलिरहेको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त आक्रमणलाई ूलज्जाजनकू भन्दै त्यसलाई जति भर्त्सना गरेपनि कम हुने बताएका छन्।
उक्त हमलामा अन्य १९ जना घाइते भएका छन्। ती मध्ये केही प्रहरी रहेको बताइएको छ।
आक्रमणमा परेको बसमा कूल ५६ जना यात्रु सवार थिए र उनीहरु मध्ये धेरै गुजरात र केही महाराष्ट्र राज्यबाट आएको बताइएको छ।