निबन्ध : आमाको परीक्षा—काजी कार्की

maitrinews

हामी तीन जना पात्रहरू आठ घण्टा को हवाईजहाज यात्रामा थियौ । उनिहरू चार जना थिए । दुई जना काखे बच्चाहरू उनिहरूकी आमा र एक पात्र तिनै बच्चाहरूकी हजुरआमा लाग्ने एक महिला या सायद अरू कोही ।
जहाजमा प्रवेश गर्दा नै लगभग सँगै भईयो । सयौ को भिडमा कोही कसैको याद हुँदैन तर तिनिहरू चार जना प्रति हाम्रो ध्यान शुरू बाटै तानियो कारण उनिहरू दुबै महिलाको काखमा एका बच्चाहरू थिए ।

जहाजमा प्रवेश गर्ने गर्दा त्यो लाईन त्यही नेर यति विशेष थियो जाहाँ हामी थियौ अनि दुईजना महिलाको काखमा एकोहोरो रोईरहेका लगभग बर्सौटे जस्ता लाग्ने दुईवटा बच्चाहरू । हामी सरासर अघि बढ्यौ र आफ्नो सिटमा बस्यौ । संयोगले उनिहरूको टिकट पनि हाम्रै छेउमा रहेछ ।
लगभग सबै यात्रुहरू जहाजमा चढिसके । ति दुबैजना महिलाको काखमा रहेका बच्चाहरू एकोहोरो रोईरहेका थिए । पुरै जहाजको माहोल तिनै बच्चा हरूको रूवाईले खिचिरहेको थियो ।
जहाज धावन मार्गमा गयो । अर्को जहाजको उड्ने पालोले गर्दा हामी लगभग पन्द्र मिनट पर्खाई मा पर्यौ ।
हामी तिनै जना साथिहरू एउटै लाईन मा थियौ । हाम्रो ठिक दाईना आमा, उनका दुई बच्चाहरू र उनीहरूकी हजुरआमा जस्तै लाग्ने महिला बसिन ।
जहाज बिस्तारै अगाडि बढ्यो । दुईजना बच्चाहरूको रूवाई अझै जोड जोडले बढिरह्यो । सानो छोरा रहेछ उ सानै थियो लगभग अन्दाजी सातरआठ महिनाको जस्तो ठूलो छोरी रहिछन लगभग अठ्ठाररबिस महिनाकी जस्ती लाग्ने । याने कि उनिहरू बर्षौटे थिए होला ।
हाम्रो यात्रा जमिन छाडेर आकासियो । हामीले राति निन्द्रा राम्रो नपरेकोले सुत्ने निर्णय गर्यौ। जहाजको ओड्ने ओडेर निधाउँने प्रयास गर्यौ । जहाज आकाशिए सँग यस्को आवाजमा पनि कमि आउँदै थियो हामीलाई लाग्यो अब यी बच्चाहरू पनि थाक्छन् अनि सुत्छन त्यसपछि हामी पनि सुत्नु पर्छ ।
तर हामीले सोचे जस्तो भएन । दुबै बच्चाहरूको रोदन जहाजको आवाज कमी सँगै झन झन बढ्दै गयो । साँच्चै भन्ने हो भने आज सम्म मैले यसरी रून सक्ने बच्चाहरूनै देखेको थिईन, न बच्चाहरू यति बिधि रून सक्छन भन्ने नै सुनेको थिएँ । केही बेर रोए पछि घाँटी सुक्छ थाक्छन् र निधाउँछन् भन्ने कुराको अलि अलि भेउ थियो मलाई । उनिहरूको रूवाई यसरी बढ्यो मानौ हाम्रो वरपरको वातावरण नै दुई जना बच्चाहरूको रूवाईले गुन्जयमान भयो ।
बच्चा भगवानको रूप हो । उनिहरू निर्दोष हुन्छन् । किन उनिहरू त्यसरी रोईरहेछन् उनिहरूलाई जन्मदिने आमानै अनभिज्ञ थिईन । सानो छोरा उनको हजुरआमा लाग्ने महिलाको काखमा च्याट्ठिई रहेको थियो । छोरी आफ्नै आमाको काखमा एकोहोरो रोईरेकी थिई । हाम्रो वरपर धेरै राष्ट्रका धेरै संस्कार बिचार यानेकी आनिबानि भएका मान्छे थिए । हामी तिनजना नेपाली थियौ । सायद सबैले त्यही सोचे होलान बच्चा हो केही भएर रोए होलान । यसो यता उता हेर्दा कसैले असजिलो मानेको जस्तो लागेन । सबैले आफ्ना आफ्ना ईएरफोन लगाएर ओड्ने ओड्दै सुतेको देखें ।
हामी तिन जनालाई रोईरहेका बच्चा र उनकि आमा प्रति साह्रै दया लागेर आयो । साँच्चै नेपाली मन यति कोमल हुँदो रहेछ मैले आफ्नै नजिक रोईरहेका बच्चाहरू र उनकी आमाको आफ्ना सन्तान प्रतिको लगाव, स्नेह र माया देखेर भव विब्हल भएको थिएँ ।
केहि बेरमा परिचारिका बैनि आईन, “दाई तपाई खुला भएर बस्न चाहानुहुन्छ भने अगाडि खालि छ अघिल्लो सिटमा गएर बस्नुस” । मैले हस् भने । मलाई ति बच्चाकी आमालाई नजिकै बाट केही सहयोग गरौ भन्ने लागिरहेको पनि थियो। बाहान ठिकै मिल्यो । जहाजमा धेरै आमाहरू थिए सायद तर उनि एक आमा थिईन जो आफ्नो परिवेश सँग लडिरहेकी थिईन, बच्चाको रूवाई भन्दापनि कसैले केही भन्ने पो हो कि रु यता उता हेर्थिन अनि बच्चा समाल्न खोज्थिन रून्चेहरू मानिरहेकै थिएनन् ।
म मेरो सिटबाट उठेर अघिल्लो सिटमा गएँ अब म ति बच्चा र बच्चाकी आमाहरू सँग केही नजिक भएँ ।
यति बेला सम्म हामीले धेरै यात्रा तय गरिसकेका थियौ ।
बच्चाहरूको रूवाई झन झन् चर्को हुदै गएको थियो । उनकि आमाले घरि काखमा हल्लाउने घरि निप्पल मुखमा राखिदिने घरि उठाएर नचाए जस्तो गर्ने गरिरहेकी थिईन । त्यहीपनि उनिहरू दुबैको रूवाई कम भएको थिएन ।
मैले बच्चिलाई घरी घरी हात दिने फकाउने गर्न खोजे उ झन् जोर जोरले रून थालि । केही लागेन मेरो । एकोहोरो बच्चाको रूवाई भन्दा उस्को आमाको छट्पटी र पिडामा मेरो ध्यान खिचिईरह्यो ।
एकै छिन पछि उक्त बच्चाकी आमाको आमा या सासु लाग्ने महिला र बच्चाको आमा बिच केही भनाभन चलेजस्तो सुनें मैले । कुरा उनिहरूको भाषामा भएकोले बुझ्न सकिएन ।
अचानक कराउँदै उक्त पाकी महिलाले आफ्नो काखमा भएको बच्चा उनै आमाको नजिक फालिदिएर कड्कदै पछाडि गईन ।
मलाई लाग्यो ट्वाईलेट गएको होला ।
अबको परिदृश्य झन् कहाली लाग्दो भयो । दुईवटा रून्चे बच्चा एउटी आमा ।
दुई खाखमा एक एक बच्चा च्यापेर हल्लाउन खोजेजस्तो । उफ् ,,,,,,,कति पिडा रु
म सँग मान्ने भएपनि रुरुरु
आमा
त्यही नेर मैले उनलाई सोधे । उ को हो रु ट्वालेट गा हो कि के हो रु त्यही बाट हाम्रो कुरा शुरू भो । उनले बच्चाहरूको रोदनको बिचबाट मलाई जवाफ दिईन । उ मेरो कोही हैन संयोगले भेट भो यतिकै बाबुलाई लिईदिन्छु भनिन दिएँ अहिले रोएर डिस्टर्ब भो भन्दै बच्चा फालेर पछाडि गईन । मैले उनको चेहेरा दोहोर्याएर हेर्ने कोशिश गरें । पछाडि सिटमा गएर निधाई सकेको देखें ।
जिवन मा आमाले सन्तानको लागी कति धेरै त्याग गर्न सक्दा रहेछन् रु म ति महिला प्रति एकोहोरो हेर्दै सोचिरहे । यति दुख दिईरहेको बच्चाको आमा मा यति बिधि सहनशीलता देखें मैले यो मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।
एक पटक झर्केको देखिन । एकपटक रिसाएको देखिन कुनै यस्तो पल देखिन यिनिहरूले मलाई किन यति सताको होला रु
वा १ आमा रु
दुबै बच्चा उनकै काखमा भएपछि चाहि उनको आँखाको डिलमा आँशु टल्पलाएको देखें । बच्चाहरू मानौ कुनै कमिलाले टोकेझै रोईरहेका थिए । लगभग जहाज उडेको चार घण्टा बढी भएको थियो ।
कति रून सकेको होला रु अब त घाँटी बसे पनि हुन्थ्यो

नि। उनकि आमाको अवस्था को नजरअंदाज ले म निकै गलिसकेको थिएँ । म सँग केही उपाएनै थिएन । झुक्काएर यसो हात लगायो नानि झन् रून्थी । बाबु त सानै थियो आफ्नै आमा सँग मानिरहेको थिएन । हरे १
कति सहन्सिल आमा तिमी रु
हामी उडिरहेको छौ । उनको पिडा थपिई रहेको छ । मलाई धेरै गाह्रो महसुस भएको छ तर म बिवश छु उन्लाई केही सहयोग गर्नै सक्दिन ।
केही बेरमा जहाज परिचारिका बैनि एउटा झोलुंगो जस्तो केही लिएर हाम्रो छेउमा आईन । जहाज केही हल्लिएको थियो । सिट वेल्ट लगाउन भनिन उनले र बाबुलाई लिएर एउटा सिटमा बसिदिईन । अझै रून्चेहरू रोईरहेकै थिए । सिट वेल्टको साईन हट्यो जहाज परिचारिका बैनिले बाबुलाई झोलुंगोमा राखेर छाडिदिईन । बारंबार उनकी आमाले दुध बनाएर खुवाईरहेकी थिईन । तर अचम्म दुध खान्थे रूँदै रूँदै, सकेपछि पनि रोईरहन्थे । यो बडो अचम्मको परिक्षा लिईरहेका थिए उनिहरूले आफ्नि आमा सँग।
जिन्दगीमा मैले यति सहन्सिल आमा देखे । उनका सन्ताले लिएको उक्त परिक्षा उनले कुनै खोट लगाउँनै नमिल्ने गरेर पास गरिन ।
झोलुंगो मा हालेपछि उनले निप्पल बाबुको मुखमा राखिदिईन । केही बेर त्याहाँ पनि उ रुँदै थियो । केही समयको अन्तरालमा उस्ले आफ्नी आमालाई लिने परिक्षा सक्यो ।
लगभग एकै समय जस्तो छोरी पनि उनको काखमा निधाउन खोजी । एक जना अमेरिकन जस्तो लाग्ने बुढी महिला आएर उनलाई सान्त्वना दिईन । मलाई उनि दयावान गोरीनी जस्तो लाग्यो ।
नानि पनि निधाई ।
उनले आफ्नो अर्को सिटमा एउटा पछेउरा ओडाएर उस्लाई पनि सुताईन । म हेरिरहेको छु । एकदम दया लागेको छ मलाई । उनि जुरूक्क उठिन आँड़् तन्काईन् र ट्वालेट तिर गईन ।
त्यसबेला मैले थोरै सान्त्वना पाएँ ।
उनि आईन । रून्चेहरू ले लिएको आमाको परिक्षा सकिएको छ तर थाह छैन कति बेला सम्मलाई रु
उनि आफ्नो सिटमा बसिन ।
अब मैले केही कुरा थप सोध्ने निर्णय गरे ।
“बैनि कहाँ बाट आउँनु भो” किन दुई दुई वटा बच्चा लिएर एक्लै रु
उनले पहिलेनै चिनेझै गरी सबै कुरा सुनाईन । कुरा धेरै थियो ।
अष्ट्रेलिया बाट ईरानको यात्रा मा रहिछन उनि । सिंगापुर ट्रन्जिट त्यहीबाट श्रीमान सँगै भएर दुबई हुँदै अनि ईरान जाने प्लान भएपनि लोग्नेको बिदा नमिलेर उनि एक्लै परिन ।
दुईवटा काखे बच्चाले तिमीलाई धेरै दुख दिए । म नतमस्तक भएर सबै हेरिरहे तर केही गर्न सकिन । मलाई माफ गर भने ।
उनले ठिकै छ धन्यवाद भनिन ।
अहिले सम्म उनिहरू उठेका छैनन् । मैले आमाभन्ने कुरा साँचै महान रहेछ भने । उनले “म जस्तै भनेर मुसुकाईन” मैले हो भने । खाना आयो थोरै खाएर उनि म सँग कुरा गर्दा गर्दै निधाईन मैलै उनको चेहेरामा हेरिरहे । तिमी अब आराम गर दुबई आउँन अब दुई घण्टा छ । तिम्रा बच्चाहरू अब नउठुन भन्ने कामना गरिरहे । उनको आरामले मलाई पनि कैयौ आनन्द मिल्यो । अचानक मेरो आँखा अघि बच्चा फालेर पछि गएर बस्ने त्यो महिलाको चेहेरा मा पर्यो । मैले उनलाई धेरै धिक्कारे छि१ एउटी नारी भएर नारीको पिडामा मल्हम लगाउन नसक्ने तिमी कस्ति नारी रु उनिको त्यो ब्याबहारले मलाई फेरि पछाडि फर्केर हेर्न मनै लागेन । बैनी सुतिरहेकी छन् । मलाई त्यो महिला प्रतिको आक्रोसले जलाई रहेको छ । पिडामा पिडा थपिदिने तिनी को होलिन जान्न खोज्दा खोज्दै फेरी सिट बेल्ट लगाउँने सुचना आयो । अब चाहि दुबई आएछ । एअर होस्टेज बैनिले रून्चे बाबुलाई उठाएर काखमा लिईदिईन । नानिलाई बैनिले नै उठाईन । अहिले भने अलि अलि स्याक सुक बाहेक केही गरेनन् । जहाज रोकियो । त्यो पहिला बाबु लिईदिने महिला हामी छेउबाट केही नबोलि अघि बढीन् ।
जहाजकी परिचारिका बैनि सँगै अर्की एकजना महिला त्यहाँ आए । कसरी थाह भयो उन्लाई थाह भएन उन्को पनि सँगै इरान जाने टिकट रहेछ उनि आएर ति बहिनिलाई सघाउदै गरेको देखेपछि हामी ढुक्क भयौ । धेरै दुख लागिरहेको छ हामीलाई । साँच्चै यो यात्रा पिडादायी तर अविश्मरणिय भयो । अब छुट्टिनै पर्छ । जान्छौ है हामी राम्रो सँग जाउ भनेर अगाडि बढ्यौ । मेरो आँखा अचानक रसाए । के हुन्छ म कसैको पिडा देखेर धेरै चिन्तित हुन्छु ।सबै माया ममता अनि हार्दिकता त्यहीबाट टुट्यो ।
तर म हरपल उनको आफ्ना सन्तान प्रतिको समर्पण सम्झिरहन्छु । साँच्चै एउटी पच्चिसरछब्बिस बर्षको लाग्ने आमाको त्याग सन्तान प्रति, वा १ कति महान आमा रु
तर जब उन्लाई सम्झन्छु उनै पाकी महिला को चेहेरा सामुन्ने आउँछ फेरी घृणा लाग्छ नारीको नाममा ह्दय सुन्य ति महिलाको अनुहार सँग टाढिन खोज्छु । संसारमा धेरै मन मुटुहरू छन् सबैको आफ्नै धड्कन छ आफ्नै सोच । साँच्चै बुझिनसक्नु रु सबैको बिचमा ईरानि ति रून्चेहरूले साँच्चै महान आमा पाएका छन् ।
बधाई छ तिमी दुई छोरारछोरी लाई रुरु तिमीहरूको जस्तो आमा सबैले पाउन ।।