तिब्बत एअरलाइन्सको चेङदु— काठमाडौं सिधा उडान शुरु

maitrinews

काठमाडौं । तिब्बत एअरलाईन्सले २४ श्रावण २०७४ बाट चेङदु — काठमाडौंको लागी सिधा नियमित उडान संचालन गरेको छ । उसले शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहिबार र शनिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए —३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।
तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।