अमेरिकामा ९९ वर्षपछि पहिलो खग्रास सूर्यग्रहण हेर्न हजारौंको भीड

अमेरिका । संयुक्त राज्य अमेरिकामा पछिल्लो ९९ वर्षपछि पहिलोपटक देखिएको खग्रास सूर्य ग्रहण हेर्न हजारौं मानिसहरुको भीड लागेको थियो।
यसअघि सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा खग्रास सूर्य ग्रहण हेर्न पाइएको थियो।
यो अद्‍भुत खगोलीय घटना हेर्नका निम्ति हजारौं मानिसहरु पार्कहरु र आकाशीय पिण्डहरुको अवलोकन गर्ने विशेष स्थानहरुमा जम्मा भएका थिए ।
सूर्य ग्रहण डेढ घण्टासम्म रह्यो र अमेरिकाका १४ वटा राज्यमा देखिएको थियो ।
सन् १९१८ पछि पहिलोपटक खग्रास सूर्य ग्रहण प्रशान्त तथा आन्ध्र महासागर क्षेत्रबाट देखिएको बताइएको छ।
यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा हुने गर्छ जसका कारण केही समयका लागि एउटा विशेष क्षेत्रमा अँध्यारो हुन पुग्छ।
सूर्य ग्रहण हेर्ने मानिसहरुको भीडलाई मध्यनजर गर्दै प्रशासनले पाग्रर्किङ र सुरक्षा लगायतको अतिरिक्त व्यवस्था गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानियाले सूर्य ग्रहणको दृश्यावलोकन ह्वाइट हाउसको बार्दलीबाट गरेका थिए।