सोेमालियामा शक्तिशाली बम विस्फोट, २३० जनाको मृत्यु, २०० घाइते

मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा भएको बम आक्रमणमा मारिने मानिसको संख्या लगातार बढिरहेको छ।
अधिकारीहरुले बम आक्रमणमा कम्तीमा २३० जना मारिएको जनाएका छन्। अन्य सयौं घाइते भएका छन्।
स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या बढ्न सक्ने जनाएका छन्।
उक्त घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण भएको प्रष्ट भएको संवाददाताहरुको भनाइ छ।