गौतमबुद्धविरुद्ध गलत अभिव्यक्ति दिने दलाइ लामालाई सामाजिक बहिष्कार गर्न आह्वान(भिडियोसहित)

काठमाडौँ। चीनविरोधी गतिविधि गरेपछि चीनले देश निकाला गरेका र भारतको शरण लिएर बसेका दलाई लामा फेरि विवादमा तानिएका छन् । दलाई लामाले हालै गौतम बुद्ध भारतीय भएको र उनी नेपालमा जन्मिएको कुरा सत्य नभएको बताएका छन् ।
नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर सप्रमाण दिइरहेका बेला उनले विवादास्पद बयान दिएसँगै सामाजिक सञ्जालमा उनको विरोध भएको छ । उनलाई सबैले बहिष्कार गर्न आह्वान गरिएको छ ।
गौतमबुद्ध नेपालमा जन्मिएको कुरा सर्व विदितै छ,इतिहास र प्रमाण साक्षी हुँदाहुँदै पनि दलाई लामाले यस्तो अभिव्यक्ति दिनु अत्यन्तै आपत्तिजनक कुरा हो ।

https://www.facebook.com/prithivnagar/videos/2037866439765970/