उत्तर कोरियाद्वारा अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

maitrinews

प्योङयाङ । उत्तर कोरियाले अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो पटक हो।
दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको जनाइएको छ।
उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्‍यो र यसअघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भइसकेको छैन।
उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
विश्लेषकहरु भन्छन्, प्योङयाङले संयुक्त राज्य अमेरिकाको मुख्य भूमि पनि भेट्ने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको छ।