उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान
उत्तर कोरिया । एक जना उत्तर कोरियाली भगौडा सैनिकका कारण दक्षिण कोरिया र उत्तर कोरियाको उच्च सुरक्षा व्यवस्था भएको स्थल सीमा क्षेत्रमा दुवै देशका फौजले गोली प्रहार गरेका विवरणहरु आएका छन्।
कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला यो घटना भएको हो।
केही साता यता भएको यो दोस्रो यस्तो प्रकृतिको घटना हो।
अघिल्लो महिना सीमा क्षेत्रमा लखेटेर एक जना उत्तर कोरियाली सैनिकलाई आफ्नै साथीहरुले गोली हान्दा उनी गम्भिर घाइते भएका थिए।