परमाणु सम्झौता नतोड्न ट्रम्पलाई इयुको आग्रह

maitrinews

 


युरोपेली संघ (इयु)ले संयुक्त राज्य अमेरिकालाई इरानसंगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको छ।

त्यस्तो सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्वपूर्ण भएको इयुको भनाइ छ।

इरानको परमाणु कार्यक्रमका बारे सन् २०१५ भएको सम्झौतालाई भंग गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय लिनसक्ने एक दिन अगाडि इयुको त्यस्तो आग्रह आएको छ । युरोप संवाददाता डेमिएन ग्रामाटिकस् भन्छन् युके, फ्रान्स र जर्मनी लगायत युरोपेली संघले इरानसंग भएको परमाणु सम्झौताप्रतिको आआफ्नो समर्थन दोहो(याएका छन्।

त्यस्तो सम्झौताको आलोचना गर्ने गरेका राष्ट्रपति ट्रम्पले त्यसलाई खारेज गर्ने निर्णय लिन सक्ने एकदिन अगाडि नै उक्त सम्झौताप्रति समर्थन देखिएको छ।

ब्रिटेन, फ्रान्स, जर्मनी र इरानका विदेशमन्त्रीहरु सहभागी ब्रसल्समा आयोजित एउटा बैठकमा इयुकी विदेशनीति प्रमुख फेडेरिका मोगेरिनीले भनिन्, उक्त सम्झौताले काम गरिरहेको छ र त्यसलाई निरन्तरता दिइनु पर्छ।

यो युरोपेली देशहरुले अमेरिकालाई एकमतले दिएको सुझाव हो।

झण्डै तीन वर्ष पुरानो उक्त सम्झौता अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सिमित तुल्याउने प्रतिबद्धता जनाएको थियो।

बदलामा उ विरुद्धका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौतालाई ूएकदमै खराबू भनेका थिए।

र उनले केही प्रतिबन्धहरु पुनस् लागू गर्ने निर्णय गर्न सक्नेछन्।