म्यानमारमा बौद्धमार्गी प्रदर्शनकारीमाथि गोली प्रहार,सात जना मारिए

maitrinews

म्यानमार । म्यानमारको तनावग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको निधन भएको र १२ जना घाइते भएको विवरणहरू आएका छन्।

आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिसहरू सहभागी थिए।

अधिकारीहरूले उक्त र्‍यालीले जिल्लास्थित सरकारी कार्यालयमा घेराउ गरेको जनाएका छन्।

उनीहरूले उक्त भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि आक्रमण गरेको जनाएको छ।