दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तो

सोल । उत्तर कोरियाका नेता किम जङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलाई प्योङयाङ भ्रमणको निम्तो दिएका छन्।
भेट भएमा त्यो दुई कोरियाली नेताहरुबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ।
दुवै कोरियाले यसलाई सम्भव बनाउनुपर्ने बताएका मुनले उत्तर कोरियालाई अमेरिकासँगको छलफलमा फर्कन जोड दिएका छन्।
शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहअघि दक्षिण कोरियाली राजधानी सोलस्थित राष्ट्रपति भवनमा भएको एक ऐतिहासिक भेटका क्रममा उत्तर कोरियाली नेता किम जङ उनको हस्तलिखित निमन्त्रणा पत्र उनकी प्रभावशाली बहिनी किम यो जङले राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन्।
किम यो जङ र उत्तर कोरियाका आलंकारिक राष्ट्रप्रमुख किम योङ नामको प्रतिनिधिमण्डल सन् १९५० मा कोरियाली युद्ध भएयता उत्तरबाट दक्षिण कोरियाको भ्रमण गर्ने उच्चस्तरीय टोली हो।
दुवै कोरियाली नेताहरुबीच करिब तीन घण्टा कुराकानी भएको थियो।
दक्षिण कोरियाली राष्ट्रपति भवनका एक प्रवक्ताका अनुसार ुजतिसक्दो छिटोु उत्तर कोरियाको भ्रमण गर्न किम यो(जङले आग्रह गरेकी छन्।