९२ वर्षीय मोहम्मद मलेसियाको प्रधानमन्त्री बन्दै

maitrinews

 


मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले देशमा भएको आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेका छन् ।
सरकार गठनका लागि ११२ सिट आवश्यकता भएकोमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको थियो।

९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए।
जीतपछि पत्रकारसँग कुरा गर्दै मुखातिब महाथिरले भने, ‘हामीलाई कुनै प्रकारको बदला चाहिँदैन । हामी त कानूनको शासन भित्र्याउन चाहन्छौं ।’

उनले शपथ ग्रहण कार्यक्रम बिहिबार हुनसक्ने सम्भावना व्यक्त गरेका छन् । शपथ ग्रहणसँगै महातिर संसारका सबैभन्दा पाका निर्वाचित नेता बन्नेछन् ।
कतिपयले पछिल्लो चुनावी परिणामलाई नाटकीय भनेका छन्।
मलेशियाबारेका जानकार कैयौं विश्लेषकहरूका लागि समेत पछिल्लो चुनावी परिणाम आश्चर्यको विषय बनेको त्यहाँ रहेका एक जना बीबीसी संवाददाता बताउँछन्।
महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ।