विश्वकपमा मेस्सीको खराब सुरुवात

मस्को । विश्वकप जित्ने चाहना राखेका चर्चित आर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीले प्रतियोगितामा खराब सुरुवात गरेका छन्। पहिलोपटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्ध शनिवार भएको खेलमा मेस्सी पेनाल्टीमा गोल गर्न चुके।

अनि आश्चार्यजनक रुपमा आर्जेन्टिनालाई आइल्याण्डले १(१ गोलको बराबरीमा रोक्यो।

आफ्ना पुराना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले जारी विश्वकपको पहिलो खेलमा देखाएको शानदार प्रदर्शनको हाराहारीको खेल देखाउन खोजेको ठानिएको थियो।

तर आफ्नो टोलीका लागि ुनायकु हुनको साटो उनी ुखलनायकु हुन पुगे।

अनुशासित
खेलको दोस्रो हाफमा मेस्सीले प्रहार गरेको पेनाल्टी आइल्याण्डका गोलकिपर हान्स हल्डोर्सनले सजिलै रोकिदिए।

आर्जेन्टिनासँगको बराबरीको खेल पहिलोपटक विश्वकप खेलिरहेको सबैभन्दा सानो मुलुकका लागि ठूलो विषय थियो।

आइसल्याण्डले निकै अनुशासित खेल देखायो।

उक्त टोलीले बढी रक्षात्मक खेल्यो।

तर अगाडि पुगेर उसका खेलाडीले आर्जेन्टिनालाई कडा चुनौती दिइरहे।