एसईई दिँदै नायिका मानन्धर

Maitrinews

 

काठमाडौँ । आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन् ।
यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन्।
औपचारिकबाट औपचारिक शिक्षाप्रति नायिका मानन्धरले देखाएको लगाव प्रेरणादायी प्रसंगका रूपमा लिनुपर्ने शिक्षाविद् औंल्याउँछन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी एसईईमा सहभागी छन्।
सरकारको नीतिअनुसार अहिले कक्षा १(३, कक्षा १(५, कक्षा ६(८ र कक्षा ९(१० को अनौपचारिक शिक्षा प्याकेज छ। यो प्याकेज क्षेत्रगत रूपमा कोटाका आधारमा छुट्याइएको छ। कक्षा ११ र १२ को अनौपचारिक शिक्षाको पाठ्यक्रम प्याकेज बनाउन बाँकी रहेको उनले उल्लेख गरे।
कक्षा १२ सम्म विद्यालय शिक्षा मानिन्छ। त्यसभन्दा माथि विश्वविद्यालय शिक्षा लागू हुन्छ। यसै वर्षबाट नेपालमा खुला विश्वविद्यालय सुचारु रहेकाले १२ कक्षा वा सोसरहको शिक्षा हासिल गरेकाले खुला मोडबाट उच्च शिक्षा हासिल गर्न सक्छन्।