विश्वकै पहिलो उड्ने ट्याक्सीको सफल परीक्षण

maitrinews

 

जर्मनी । जर्मनीको एउटा स्टार्ट–अप कम्पनीले विश्वकै पहिलो आफैँ उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । लिलियम कम्पनीले अघिल्लो महिनामा मात्र यसको नमुना परीक्षण गरेको थियो जुन आफैँ माथि उडेर अवतरण गर्न सफल रहेको थियो ।

विद्युतबाट चल्ने उक्त ट्याक्सीसँग ६० मिनेटमा ३०० किलोमिटरको यात्रा तय गर्ने क्षमता रहेको बताइएको छ । यसअघि थुप्रै कम्पनीहरुले आफैँ उड्ने ट्याक्सी परीक्षण गरिसकेका छन् तर तिनमा दुईवटा सिट मात्र निर्माण गरिएको थियो । यसरी बिहीबार मात्र सार्वजनिक गरिएको उक्त एयर ट्याक्सी २०२५ सम्ममा विश्वभरका विभिन्न शहरमा उपलब्ध हुने र पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ ।

तर यसको सेवा शुल्क कति लाग्नेछ भन्नेबारे स्पष्ट जानकारी नदिएपनि कम्पनीले साधारण ट्याक्सी समान शुल्क लिइने दाबी गरेको हो । कम्पनीका व्यवसायिक अधिकारी रेमो गर्बरले सिएनएनसँग बोल्दै भने, “हाम्रो उद्देश्य साधारण मानिसहरुलाई पनि यसको पहुँच दिलाउनु हो र ठुल्ठुला धनी व्यवसायी यात्रीहरुलाई मात्र नभएर जोसुकैले पनि यसको सेवा लिन पाऊन् भन्ने हाम्रो चाहना रहेको छ ।