अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको औपचारिक भ्रमणमा

maitrinews

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरलै कसैको प्रशंसा गर्छन् । तर प्रशंसा गर्दा भने खुलेरै गर्छन् । त्यसै गरेका छन् बेलायती महारानीलाई पनि ।

बेलायतको राजकीय भ्रमणमा रहेका ट्रम्पले महारानी एलिजाबेथ द्वितीयालाई महान् महान् महिला भनी प्रशंसा गरेका हुन् ।

ट्रम्पले अमेरिका र बेलायतबीचको अनन्त मित्रवत् सम्बन्धको समेत खुलेर प्रशंसा गरेका छन् । राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिंघम दरबारमा आयोजना गरेको राजकीय भोजमा उनले महारानी र बेलायतको खुलेर प्रशंसा गरेका हुन् ।

तीन दिने भ्रमणका लागि सोमबार लण्डन पुगेका ट्रम्पले लण्डन पुगे लगत्तै स्थानीय मेयरको आलोचना गरेका थिए ।

उनले पाकिस्तानी मुलका लण्डनका मेयर सादिक खानलाई दुष्ट भनेका थिए भने खानले पनि उनलाई फासीवादीमध्येका एक भनेका थिए ।