गायक रामकृष्ण ढकाल र श्रीमती निलम ढकालले गरे सम्बन्ध विच्छेद

 

काठमाडौं । गायक रामकृष्ण ढकाल र उहाँकी श्रीमती निलम ढकालबीच सम्बन्ध विच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको हो । ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। ढकाल दम्पतीले आपसी सहमतिमै सम्बन्ध विच्छेद गर्नुभएको हो । ढकाल र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो ।

उहाँहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । ढकालका दर्जनौ गीत चर्चित छन् । ढकाल र निलमका एक छोरी छन् ।