किमद्वारा नयाँ रणनीतिक अस्त्र विकास गर्ने घोषणा

maitrinews

 

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ उनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गर्नुभएको छ ।
त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ रणनीतिक अस्त्रको विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।
किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिनुभएको थियो ।
तर उहाँले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिनुभएको छ । उहाँले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताउनुभयो ।
किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्ने कुरा आफ्नो विश्वास रहेको बताउनुभयो ।