इरानमा युक्रेनको विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु

 

इरान । इरानमा भएको युक्रेनी विमान दुर्घटनामा १७६ जनाको ज्यान गएको इरानी सरकारी टेलिभिजनले जनाएको छ । इरानमा बुधवार विहान १७६ जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको हो ।
युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।
इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ।
प्रारम्भिक विवरणहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ।

विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।
‘विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ, इरानको आपतकालीन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ।