निराशा , शिवराज कलौनी भि न पा ३ कंचनपुर

 

दुई जना असाध्यै मिलनसार साथीहरु थिए अक्रम र विक्रम । विक्रम मेहनती थियो ,पढाई मा खुब ध्यान दिएर पढ्दथ्यो , कक्षा मा उत्कृष्ट थियो तर अक्रम फन्टुस थियो रसानैदेखि फटाहा र छुचो थियो । विद्यालयमा पनि अक्रम लाई कोहि मन पराउदैनथे क्ीऋ गरिसके पछि दुवै साथीहरू को बाटो छुट्टाछुट्टै बन्यो ११ विक्रम ले पढाइ टप गर्दै गयो सकेपछि पिएचडी पनि गर्यो ११ कम्प्युटर इन्जिनियरिङ मा डबल डिग्री हासिल गर्यो । विक्रम यति मेहनती थियो कि उसलाई अक्रम सँग भेट हुन समेत फुर्सद भएन , अक्रम ले के काम गर्छ थाहै भएन , दिनचर्या व्यस्त भयो ११मुलुक भरी उसैको चर्चा थियो ११ विक्रम गरिब घर परिवार बाट भए पनि मुलुक को सम्पत्ति बनिसकेको थियो ११उसले थुप्रै आविस्कार गरेको थियो उ वैज्ञानिक बनिसकेको थियो ।
एकदिन को कुरो हो , विक्रम ले एक नया आविस्कार गर्यो । संचार माध्यम भरी उसैको चर्चा थियो ( ूविक्रम लाई राष्ट्रिय बधबचम बाट सम्मान गरिनेू । विक्रम साह्रै खुसी थियो ११ उसलाई अक्रम को याद आयो । अक्रम कतै न कतै त सानोतिनो काम जरुर गर्दो होला । आज अक्रम ले पनि मसंग नै मिलेर राम्ररी मेहनत साथ पढेको भए उसले पनि मजस्तै पुरस्कार पाउथ्यो होला । तैपनि आज उसले मलाइ भेटेको भए कति खुशी हुन्थ्यो होला रुरु पुरस्कार पाएको क्षण उसले मलाइ त्यही मंच बाट देख्न सके उसले आफ्ना छोराछोरी लाई त केही उत्प्रेरणा दिन्थ्यो होला सायद ११ कल्पना गर्दै विक्रम मंच तिर गयो । पुरस्कार वितरण समारोहमा विक्रम लाई बोलाइयो ११ एक जना भोटो लगाएका चिनेका जस्ता व्यक्ती विक्रम को नजिक आए । विक्रम को कानमा उनले खुसुक्क भने ( ू ओइ विक्रमे ( मेरै हातबाट पुरस्कार लिनुथियो भने साले तैले यति मरिहत्ते गरेर के गरिस रु फेरि तँलाई पुरस्कार दिने कि नदिने त्यो छनोट गर्ने त म नै हु साले ू रु
विक्रम ले चस्मा निकालेर फर्की हेर्यो ( उहि बचपन को साथी फन्टुस अक्रम पो रहेछ नेता बनेको ११ ट्वाल्ल बनेर विक्रम हलुको महसुस गर्दै परिवेश लाई धिक्कार गर्दै लुकेर फर्क्यो १११