अमेरिकावाट गीतकार रविन पियाको नयाँ गीतको भिडियो सार्वजनिक-बरिष्ठ गायक दीप श्रेष्ठको गायन

काठमाडौं। सदावहार गीतका चर्चित गीतकार रविन पियाको सदावहार गीतको भिडियो सार्वजनिक भएको छ। ख्यातिप्राप्त गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके बोलको गीतको भिडियो सात समुद्रपारि अमेरिकावाट सार्वजनिक भएको हो।

 

अमेरिकामा रहेर भोगाइका अनगिन्ति यथार्थहरुलाई आत्मसात गर्दै गीतवाट भावनालाई बुलन्द गर्दैआएका गीतकार रविन पियाको यो गीतको भिडियो अमेरिकाको टेक्सास स्थित अस्टिनमा छायाँकन भएको हो। जसमा अमेरिकामा नै रहेका सुबेचन श्रेष्ठ र सेलिका सुनारको अलावा गीतकार रविन पियाको पनि स्वभाविक अभिनय रहेको छ।

 

अमेरिकामा नै रहेका निर्देशक बीबी फुयाँलको निर्देशन र अक्की शर्माको सम्पादन तथा नेपालमा रहेका ईनेश आर पियाको ग्राफिक्समा तयार भएको हो। छायाँकन भने, गीतकार पियाले नै गरेका हुन। नेपालमा रहंदा ख्यातिप्राप्त कार्टुन चित्रकार समेत रहेका गीतकार पियाको गीतमा सुरेन्द्र मुखियाको संगीत तथा सम्राट थापाको एरेञ्ज रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *