कुशल श्रेष्ठको निर्देशनमा बेलायतवाट पारु राईको भिडियो सार्वजनिक

काठमाडौं। बेलायतमा कार्यरत प्रतिभाशाली नेपाली चलचित्र निर्देशक कुशल श्रेष्ठको निर्देशनमा गायिका पारु राईको विलकुलै नयाँ मनमोहक गीतको भिडियो सार्वजनिक भएको छ। गायिका राई स्वयंले अभिनय गरेको तिम्रो तृष्णा बोलको मनमोहक गीतको भिडियो सार्वजनिक भएको हो।

बेलायतका सुन्दर रमणिय स्थान तथा नेपालका केही मनोरम स्थानमा छायाँकन भएको गीतको भिडियोको निर्देशन बेलायतमा कुशल श्रेष्ठले गरेका हुनभने, नेपालमा सुरज तामाङले गरेका हुन्। हाल बेलायतमा नै रहेकी गायिका राई यो गीतको मनमोहक भिडियो मार्फत एक दशक पछि नेपाली सांगीतिक आकाशमा रिटर्न ब्याक बनेकी हुन्। एक दशक अघि “प्यास” नामक गीति एल्बमबाट सांगितिक यात्रा तय गरेकी थिइन्। राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट बिकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।

गीतको शब्द रचना गायिका स्वयंको हो भने, संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *