एडभेन्चर स्टार गौतम खातीको मायामोहमा नायिकाको पिरतीको गीत

काठमाडौं। बिश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार एवम् अभिनेता गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विलकुलै नयाँ जोश तथा उमंगका साथमा नेपाली विश्व कीर्तिमानी अभिनेता गौतम खाती अभिनित पिरतीको गीत बोलको भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियोमा अभिनेता खातीलाई नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी छन्। यिनै एडभेन्चर स्टार खाती अभिनित यस गीतमा गायिका अस्मिता अधिकारी र बिर कुमार दत्तको गायन रहेको छ। अभिनाष थापाको शब्द र भिम बि. सि. को संगीत छ।

प्रेममय रोमाञ्चक कथावस्तू रहेको यो गीतको भिडियो रसुवा जिल्ला र काभ्रेको धुलिखेलमा छायांकन गरिएको हो। भिडियोको सुब्रतराज आर्चायले निर्देशन गरेको हुन्। निरा खाती ईन्टरटेनमेन्टले तयार पारेको भिडियो ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *