विश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार गौतम खातीको विवाह

काठमाडौं। विश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार गौतम खाती अभिनित विलकुलै नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ख्यातिप्राप्त गायक प्रमोद खरेलको गायन तथा हिमाँशु रायमाझीको शव्द तथा नविन रहपालको संगीत रहेको गोरेटो नामक म्युजिक भिडियो शनिवार सार्वजनिक भएको हो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित गोरेटो बोलको गीतको म्युजिक भिडियोमा गायक प्रमोद खरेलको कर्णप्रिय गायन रहेको छ। साथमा कीर्तिमानी एडभेन्चर स्टार गौतम खातीको नायिका रिचा थापासंगको विवाहमय रोमान्स छ।

विश्वको खेलजगतमा कराँते खेलको ब्लाँक बेल्ट डङेस लगाएर उडिरहेको हेलिकप्टरवाट स्काइ ड्राइभ गरेर विसं.२०७५ सालमा गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल कीर्तिमानी नेपाली खेलाडी गौतम खातीले एक पछि अर्को नेपाली म्युजिक भिडियोमा अभिनय गरेर फरक शैली तथा फरक अभिनयमा आफूलाई प्रस्तुति दिदै आएका छन्।

यस गोरेटो गीतको म्युजिक भिडियोमा पनि फरक अभिनय गरेर नयाँ आयाम थप्ने कार्य भएको छ। जसको निर्देशन निर्देशक प्रदीपकुमार रसाइलीले गरेका हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *