अब २० मिनेटमा नेपालबाट बंगलादेश पुगिने

maitrinews

 

नेपालबाट अब २० मिनेटको हवाई यात्राबाटबाङ्लादेश पुगिने भएको छ । २० मिनेटमा दुई देश जोड्ने हवाई मार्ग सञ्चालन गर्न नेपालले गरेको विशेष आग्रहप्रति बंगलादेश सकारात्मक भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसै हप्ता गर्नुभएको बङ्गलादेश भ्रमणको क्रममा २० मिनेटभित्र दुई देशलाई जोड्ने सैयदपुर—विराटनगर हवाई सेवा सञ्चालन तत्कालै अगाडि बढाउनेबारे नेपालले विशेष इच्छा जाहेर गरेको हो ।

बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको र अब त्यसलाई कार्यान्वयन गर्न औपचारिक प्रस्ताव बङ्गलादेश सरकारसमक्ष प्रस्तुत गरिने ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।