कञ्चनपुरमा सिँढीबाट लडेर एक युवकको मृत्यु
काठमाडौँ, साउन २३ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सिँढीबाट लडेर एक युवकको असामयिक निधन भएको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको शुक्रबार राति आफ्नै घरको सिँढीबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार, सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।