कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २३ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरै स्थानमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मौसम बदली भई वर्षा भइरहेको हो।

हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा पूर्ण बदली रहेको छ। अहिले बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा जारी छ। तराईका केही भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज देशभर साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ।

वर्षासँगै देशका उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी लगायतका प्रदेशका उच्च हिमाली स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *