नेकपा एमालेले खनाल–नेपाल समूहका सांसदहरुलाई तत्काल कारवाही नगर्ने

काठमाडौं। नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले वताएका छन्।

ज्ञवालीले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्ष निकालिए पनि उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने भनेका छन्। यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको प्रवक्त ज्ञवालीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *