नेपाली कांग्रेसले तत्काल ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने

काठमाडौं। संसदमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको छ। यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी हच्किएको हो।

माओवादी केन्द्रले साथ दिने भने पनि जनता समाजवादी पार्टीको एक खेमाले सहयोग गर्ने संभावना नदेखिएकोले नेपाली कांग्रेसले प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी भएमात्र अविश्वास प्रस्ताव ल्याउने स्पष्ट पारेको छ।

आइतबार सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेर फेल भए पार्टी खाडलमा फस्ने भएकाले पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव नल्याउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *