कोविड उपचारका लागि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग

Smrit

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

आज शनिवार अस्पताल पुगेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गरेका छन्।

त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायतका अधिकारीहरु सहभागिता रहेको थियो।

मूल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ लागेको महानगरले जनाएको छ।