पदवहाली पछि प्रधानमन्त्रीको निर्देशन अव कोरोना नियन्त्रण गर्न केन्द्रित बन्ने

Smrit

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन्। शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले अस्थिरता चाहने तत्वले, मुलुकमा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरूले अहिले पनि देशमा प्रतिगमन भएको देख्ने गरेको वताएका छन्।

आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली क्रान्तिकारी पनि भनेर प्रश्न गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको आरोप पनि लगाएका छन्।

पदबहाली गरेपछि यसअघिका सवै मन्त्रीहरुलाई शपथ ग्रहण गराएर पहिलो निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्न निर्देशन दिएका छन्।

मुख्य समस्या नै कोरोना भएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको मुख्य समस्या भनेको कोभिड १९ को नियन्त्रण हो र यसलाई हामीले पराजित गर्न त्यसका लागि सबै सामर्थ्य केन्द्रित गर्न जरुरी भएको बताए। कोरोनाको कारण उद्योग व्यापारमा समस्या नपरोस् भन्न सरकार सजग रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।