लकडाउनका कारण मारमा परेकाहरुलाई राहत

काठमाडौं। कोरोनाको महामारीको कारण जारी लकडाउनले जनजीवनमा व्यापक असर पारिरहेको छ। अझ विशेषत दैनिक ज्यालादारी मजदूर तथा विपन्न बर्गलाई धेरै नै समस्या परेको तथ्यलाई नजरअन्दाज गरेर हामी नेपाली ग्लोबलले विगत एक हप्तादेखि निरन्तर हरेक दिन राहत वितरण गर्ने कार्य गर्दैआएको छ।

यसक्रममा आइतवार पनि निरन्तरता दिएको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले दिएका छन्। अध्यक्ष लामाका अनुसार, काठमाडौंको बौद्ध महाँकाल देखि नयाँ बजार सोह्रखुट्टे क्षेत्रमा लकडाउनका कारण मारमा परेकाहरुलाई राहत दिने कार्य भएको हो। राहत वितरण गर्ने कार्य देखि दैनिक निःशुल्क भोजन वितरण गर्ने कार्य पनि शनिवारवाट प्रारम्भ भएको हामी नेपाली ग्लोबलले जनाएको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजनमा विभिन्न संघ–संस्थाको सहभागिता रहेको छ। जसमा आइतवारको राहत वितरण कार्यमा आमा दोगा शेर्पाको नाममा छोरा सोनम शेर्पा र उगेन शेर्पाको अनुदान सहयोग रहेको हामी नेपाली ग्लोबलले भनेको छ। त्यस्तैगरेर, हामी नेपाली ग्लोबल कोरिया, अम्बिका पार्क, भोमा लिम्बु, अशोक भण्डारी र मनोज भण्डारीको सहयोग रहेको उल्लेख गरिएको छ।