एमालेमा एकताको प्रयास विफल
काठमाडौं । नेकपा एमालेमा एकता प्रयास विफल भएको छ । पार्टी विरोधी काम गरेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुलाई कारबाही गरेपछि दोस्रो पुस्ताका नेताहरु एकताका लागि प्रयास गरेका थिए तर सो प्रयास विफल भएको छ ।
कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि पार्टी अध्यक्ष केपी ओली फेरि भ्याकेटमा जाने निर्णय गरेपछि नेपाल पक्ष हच्किएको हो ।
‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको नेपाल पक्षको बुझाइ छ ।
नेपाल पक्ष काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनमा सहाभागी भई हस्ताक्षर गरेसँगै एमाले विभाजित अवस्थामा पुगेको हो ।